संयोग नै होला, अमेरिकामा पनि घण्टी चुनाव चिह्न भएको एउटा फ्रिडम पार्टी छ : ओली
'संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ'छ एउटा फ्रिडम पार्टी । '
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नाम र चुनाव चिह्न अमेरिकी पार्टीसँग मिल्ने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले रास्वपा र अमेरिकी फ्रिडम पार्टीको चुनाव चिह्न मिलेको भन्दै टिप्पणी गरेका हुन् ।
ओलीले रास्वपाको चुनाव चिह्न घण्टीबारे टिप्पणी गर्दै भने, 'संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ'छ एउटा फ्रिडम पार्टी । संयोग नै होला तर अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । हावा कसैले नहाली कसरी हुप्प भयो यत्रो । केही त होला, त्यतातिर नलागौँ ।'
काठमाडौँ — काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् ।
मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए ।
सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए । बालेनले लेखेका छन्,'मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।'
बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । 'बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश्,' बालेनले लेखेका छन्,'तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।'
बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन् ।
'चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्याउनु प्रमुख कुरा हो,' ओलीले भनेका थिए ।
सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।