राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।

राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो ।राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेकी थिइन् । ती कन्याहरूलाई बालमन्दिरबाट लगिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् । समारोहको अन्त्यमा कन्याहरुले नृत्यसमेत गरेका थिए ।

प्रकाशित : आश्विन १८, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

खेवाङ गोल्डकपको उपाधि लाली गुराँसलाई

आनन्द गौतम

ताप्लेजुङ — दसैंको अवसरमा सिरिजंगा गाउँपालिका ७ खेवाङमा सञ्चालित खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लाली गुँरास स्पोर्टिङ क्लब सुरुमखिमले जितेको छ । पाँचथरको युग्मी युथक्लब कुम्यायकलाई ३/२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 


खेलको नवौं मिनेटमा युग्मीका दिप्स लावतीले पहिलो गोलको खाता खोलेपनि लालीगुराँसका मञ्जीत लिम्बूले २९ औं मिनेटमा गोल गरेर बराबरी गराएका थिए । दोश्रो हाफको १८ औं मिनेटमा युग्मीका मनिराजले दोश्रो गोल गरेर आफ्नो क्लबलाई अग्रता दिलाएपनि २९ औं मिनेटमा लालिगुराँसका मञ्जीतले दोश्रो गोल गर्दै बराबरी गराए । प्रतिष्पर्धात्मक खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि थपिएको अतिरित्त समयको दोश्रो मिनेटमा लालिगुराँसका अभिषेक लिम्बूले निर्णायक गोल गरे र आफ्नो टिमलाई विजयी गराए ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विजेतालाई १ लाख ५५ हजार र उपविजेतालाई ६५ हजार पुरस्कार, मेडल, ट्रफी सहित सम्मान गरे । क्लबका अध्यक्ष विनम मावोका अनुसार भट्टराईसहित गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायतले सम्मान गरेका थिए । दिपेस आङदेम्बेलाई बेष्ट डिफेण्ड, हेमन्त दर्नाललाई मिड फिल्ड, सुवास तामाङलाई वेष्ट गोल किपर, मनिराज लिम्वूलाई वेष्ट गोल्ड स्कोरर र मञ्जीत लिम्बूलाई वेष्ट प्लेयरको सम्मान प्रदान गरिएको मावोले बताए । प्रतियोगितामा १० टिम सहभागी थिए ।

प्रकाशित : आश्विन १८, २०७९ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×