गोरखा दरबारबाट हनुमानढोका दसैंघरमा फूलपाती पठाइयो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
गोरखा — काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्राउन फूलपाती गोरखाबाट पठाइएको छ । हनुमानढोका फूलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![गोरखा दरबारबाट हनुमानढोका दसैंघरमा फूलपाती पठाइयो](https://i3.ytimg.com/vi/es-XPWrPB3I/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
वर्षौंदेखिको परम्परलाई निरन्तरता दिँदै गोरखा दरबारबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।
गोरखा दरबारको फूलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत मोटरबाटो भएर फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको हो । सडक सञ्जाल नखुल्दासम्म एकीकरण पदमार्ग अन्तर्गत गोरखाबाट धादिङको केबलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै राजधानी सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् ।
आइतबार बिहान धिमेवाजा, फूलपातीको डोली लावालस्करसहित हर्षोल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको छ । वर्षौंदेखिको फूलपाती काठमाडौं पठाउने परम्पराको निरन्तरताले धार्मिक, संस्कृतिको संरक्षण सँगै पर्यटकीय प्रवर्द्धनमा पनि सघाउ पुर्याउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए । ‘गोरखा दरबार र काठमाडौंको दरबारसँग जोड्ने यो ऐतिहासिक र इतिहास पनि सम्बन्धित छ,’ उनले भने ।
दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज हिन्दु धर्मालम्वीहरुले घर–घरमा फूलपाती भित्राउँछन् । केरा, हलेदो, दारीम, अशोक, जयन्ती, माने, वेल, उखु, धानको वाला वा अन्य नयाँ पालुवासमेत फूलपातीको रुपमा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्राउने प्रचलन छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)