कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो रह्यो हाम्रो बजार कार्निभलको पहिलो दिन

काठमाडौँ — 'हाम्रो बजार कार्निभल २०२२' शुक्रबारबाट सुरु भएको छ । हाम्रो बजारले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना गरेको कार्निभल नाडाका अध्यक्ष ध्रुव थापाले उद्घाटन गरेका थिए । कार्निभलमा नयाँ तथा पुराना गाडी किनबेच र साट्न मिल्ने अध्यक्ष थापाले बताए ।

यस्तो रह्यो हाम्रो बजार कार्निभलको पहिलो दिन

'हाम्रो बजारले नयाँ अवधारणामा महोत्सव सुरु गरेको छ, यसमा नयाँ र पुराना गाडी एउटै ठाउँमा किन्न, बेच्न र साट्न मिल्नेछ,’ उनले भने, 'सबै किसिमका गाडी एकै ठाउँमा पाइने हुँदा ग्राहकहरु धेरै ठाउँमा भौँतारिनु पर्ने छैन ।' महोत्सवमा ७ वटा ब्रान्डका नयाँ गाडी र ३०० वटा विभिन्न ब्रान्डका पुराना गाडीहरु राखिएका छन् । महोत्सवको अर्को आकर्षण भनेको हेन्री नामक इलेक्ट्रिक गाडी हो । ग्राहकका लागि ५० प्रतिशत फाइनान्सको सुविधा पनि छ । महोत्सवमा आएका थानकोटका राजनकुमार श्रेष्ठका अनुसार अहिले ठूला वित्तीय संस्थाहरुले फाइनान्स गर्न नमानिरहेको अवस्थामा एकै ठाउँमा विभिन्न गाडी हेर्न र किन्न पाइनुका साथै फाइनान्स सुविधा पनि भएकाले महोत्सव उत्तम छ । हाम्रो बजारका सीईओ रोहित तिवारीले महोत्सवको पहिलो दिन मानिसहरुको राम्रो सहभागिता रहेको बताए । आइतबारसम्म चल्ने महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने र स्टलमा राखिएका सबै गाडी खरिदबिक्री हुने आयोजकको लक्ष्य छ ।

प्रकाशित : आश्विन ७, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?