महानगरको टुकुचा उत्खनन अभियान जारी- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरको टुकुचा उत्खनन अभियान जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन उच्च अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन । बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । ’

उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए ।

टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

पैसाले मात्र जलवायु परिवर्तनको समस्या समाधान हुँदैन

एलिस जे ब्रुक्स

जलवायु परिवर्तनले पारेको प्रभाव र असर पैसा उपलब्ध गराउँदैमा समस्या समाधान हुँदैन । जब हामी नाफाको कुरा गर्छौं,त्यहाँ हरित गृह ग्यासको उत्सर्जन स्वभावितक रूपमा हुन्छ । हरित गृह ग्यास उत्सजर्न धेरै गर्दा नाफा त कमाइएला तर त्यसको भरपाइका लागि भनेर कम उत्सर्जन गर्ने मुलुकहरुलाई पैसा दिएर पन्छिँदैमा जलवायु परिवर्तनको विषय समस्या समाधान हुन्न । 

नेपाल न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुँदैछ । पछिल्लो दशकमा नेपालले गरिबी निवारण धेरै कम गरेको छ । विकास निर्माणका काम पनि धमाधम भइरहेका छन् । २ दशकअघि नेपालको विकासको विषय आवश्यकता थियो, त्यही अनुपातमा लगानी पनि धेरै भएको छ । नेपालको विकासे रणनीतिमा अहिलेको भइरहेकको तौरतरिका ठीक छ भन्ने पनि हो ।

विकास सँगसँगै बाढी, पहिरो, भूक्षयलगायतका प्राकृतिक प्रकोप पनि देखिएका छन् । पछिल्लो जलवायु अवस्थासँगै नयाँ खालका रोगहरु पनि आएका छन् । नेपालसँग सम्भावना धेरै छ । विकासको रणनीति परिवर्तन गर्ने सम्भावना छ । सबैभन्दा बढी सम्भावना हाइड्रोपावरमा छ ।

विद्युत्को सम्भावना छ नेपालसँग धेरै छ । उसका दुई छिमेकी मुलुकलाई हाइड्रोपावरको डिमान्ड बढी नै चाहिएको छ । नेपालले यो सम्भावनालाई अवसरको रूपमा प्रयोग गर्न सक्छ । नेपालीहरु रोजगारीका लागि विदेशिएका छन् । खनिज इन्धन उत्पादन हुने उद्योगमा धेरै कामदार छन् । तेलको मूल्यमा आउने घटबढले पनि उनीहरु पनि स्वदेश फर्कने र रोजगारी सिर्जना हुने अवस्था देखिन्छ ।

जलवायु वित्तको आधारमा ऋण लिने सवालमा विश्व बैंकलाई जोडिएको छ । जलवायु ऋण नेपाललाई विश्व बंैकले दिएको छैन । अहिलेको आवश्यकता भनेको जलवायु न्यायको सवाल हो । जलवायु कार्यका लागि कुर्ने समय छैन,तत्कालै गर्नुपर्ने हुन्छ । हरेक मुलुकले आआफ्नो देशमा जलवायु परिवर्तनको एक्सनका लागि पर्खिएका छैनन् । उनीहरुले तत्कालै काम थालेका छन् । जलवायु कार्य(क्लाइमेट एक्सन)का लागि पर्खने समय हैन, तत्कालै काम थाल्नुपर्छ ।

सरकारी, सामाजिक अभियन्ता र विकास निर्माणका साझेदारहरूसँग ५ वर्षको अवधिमा नेपालमा जलवायु अनूकलनका लागि के गर्न सकिन्छ भन्ने पनि छ । पहिलो चरणमा एकीकृत जल तथा कृषि व्यवस्थापन, पानी पुनर्भरण र सिंचाइ, वन क्षेत्र व्यवस्थापन, खाद्यान्न, हाइड्रोपावर,दिगो सहरीकरण,फोहोर व्यवस्थापन,यातायात प्रणालीको विकास र कनेक्टिभटीहरूलाई दीर्घकालीन रूपमा हेरिनुपर्छ ।

कनेक्टिभिटी पनि दीर्घकालीन हिसाबको हेरिनुपर्छ । जस्तो कि पटक पटक पुल भत्किरहने समस्या समाधानका लागि दीर्घकालीन रूपमा कस्तो खालको पुल निर्माण गर्दा भत्कँदैन भन्ने जानकारी थाहा पाउनुपर्छ ।

अहिले नेपालमा तीनवटै तहका सरकार छन् । जलवायु अनूकलनका लागि तीनै तहको सरकारका समस्या फरक फरक हुन्छन् । एउटा क्षेत्रको समस्या अर्को क्षेत्रसँग नमिल्न सक्छ । त्यसैले स्थानीय समस्या स्थानीय स्तरबाटै गर्नुपर्छ ।

विश्वव्यापी जलवायु परिवर्तन बढिरहेको छ । आगामी दिनमा विपद्भन्दा अघि पूर्वतयारीका लागि गर्नुपर्ने काम गर्न जरुरी छ । पूर्वतयारी गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सकिन्छ ।

विश्व पूरै विद्युतीकरण हुन पनि समय लाग्छ । आजको भोलि नै सबै कुराहरुको परिवर्तन हुँदैन । प्रविधिको प्रयोग बढ्दो अवस्था छ । पहिला सोलार प्रविधि महँगो थियो, अहिले सस्तो भएको छ । परिष्कृत बन्दै गएको छ ।

हरित गृह ग्यास उत्सर्जन अचानक घट्छ भन्ने छैन, विस्तारै घट्ला । अहिले अनुकूलन गर्नुको विकल्पबाहेक अन्य विकल्प हामीसँग छैन ।

-विश्व बैंक, नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्सले कान्तिपुर कन्क्लेभ-२०२२ को 'जलवायु परिवर्तनको सामना' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश

प्रकाशित : आश्विन ३, २०७९ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×