कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतले नै मिच्यो नियम, २ वर्षदेखि फुटपाथमा पार्किङ

काठमाडौँ — काठमाडौं जिल्ला अदालत अगाडि दुई वर्षदेखि फुटपाथ ढाकेर दुईवटा सवारी साधान राखेको छ । एउटा बस र ट्रक अदालत अगाडि दुई वर्षदेखि फुटपाथ मिचेर राखिएको हो । सर्वसाधरणलाई हिँड्नका लागि बनाइएको सडक पेटीमा अदालतले नै नियम मिचेर सवारी साधन राखेको छ ।

अदालतले नै मिच्यो नियम, २ वर्षदेखि फुटपाथमा पार्किङ

ना ४ ख ४५१६ नम्बरको बससहित अर्को ट्रक त्यसरी फुटपाथमा राख्दा पैदलयात्रीलाई कठिनाइ हुने गरेको छ । अदालतको फुटपाथ अगाडि नै अव्यवस्‍थित तरिकाले पसल सञ्चालन भइरहेका छन् ।

अदालत अगाडिको फुटपाथ मिचेर प्रहरीले डोरी टाँगेर राखेको छ । त्यहाँ सुरक्षा जाँचका लागि भनेर फुटपाथ नै मिचिएको छ । अदालत अगाडि फुटपाथ मिचेर सवारी साधानहरू पार्किङ हुने गरेका छन् । सर्वासाधरण चेपिएर त्यो सडक हिँड्नुपर्ने बाध्यता छ ।

अदालतका सूचना अधिकारी दीपक दाहाल दसी प्रमाणको रुपमा ती सवारी साधान प्राप्त भएको भन्दै पार्किङ गर्ने ठाउँ नभएर त्यहाँ राखिएको बताए । सूचना अधिकारी दाहाललाई कानुन कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन गर्नु सुहाएन नि भन्ने प्रश्नमा उनले कान्तिपुरलाई 'व्यवहारिक कठिनाईका' का कारणले फुटपाथमै राख्न बाध्य भएको बताए । उनका अनुसार अदालतको पार्किङ एरियामा दसी प्रमाणका रुपमा प्राप्त सवारी साधानले भरिएको र राख्ने ठाउँ नै नभएकाले त्यता राखिएको बताए ।

प्रकाशित : भाद्र ८, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?