पाटनमा पन्चदान मनाइँदै


काठमाडौँ — किंवदन्तीअनुसार नेपाल संवत ५१२ देखि पञ्चदान पर्व मनाउने चलन चल्दै आएको हो । ललितपुरको पाटनमा श्रावण शुक्ल अष्टमीका दिन आज पञ्चदान मनाइएको छ ।

बौद्धमार्गी नेवा: समुदायका मानिसहरूले विभिन्न विहार , चोक , घरमा दिपंकर बुद्धको मूर्तिछेउमा दानशाला बनाइ माछा-मासुबाहेक धान , चामल , पैसा , खिर , बिस्कुट , नुन आदि दान दिने चलन छ । सामान्यतया पञ्चदानको अर्थ पाँच वस्तुको दान भए पनि नेपाल भाषामा 'पञ्जरा ' भनेको 'पुण्यदान ' हो । यस दिन शाक्य र बज्राचार्य शुद्ध रही खिर पकाइ खाने चलन पनि रहेको छ । यस दिनले दानको अभ्यासलाई महत्त्वपूर्ण स्थान दिने गर्दछ। शाक्यमुनि बुद्धलाई बुद्ध हुने भविष्यवाणी दिपंकर बुद्धले गरेका थिए भन्ने जनविश्वास रही आएको छ। आ-आफ्नै मौलिक तरिकाले काठमाडौं ,भक्तपुर र ललितपुरमा पञ्चदान मनाउने गरिन्छ ।
प्रकाशित : श्रावण २०, २०७९ १७:२०