ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । नेपाल प्राज्ञिक परिषद्ले आइतबार 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन](https://i3.ytimg.com/vi/ufeyy2kXFSs/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो ।
अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहनाविपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम सरकारले गरेको बताए । उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्या समाधान पूर्ण समानुपातिक संसद्, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने बताए ।