कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । उनले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दलहरू मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताए ।

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसरमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाले छोडेको राजनीतिक संस्कार अहिले पनि उत्तिकै व्यवहारिक रहेको बताए ।

देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले कोइरालाले विगतमा गरेको योगदानसमेतको चर्चा गर्दै गठबन्धनमा समस्या हुनु सामान्य भएको बताएका हुन् ।

‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो,’ उनले भने, ‘आफ्नै पार्टी मिलाउन त चुनौती हुन्छ भने अरु पार्टीलाई मिलाउन सहज छैन । कोइरालाले नेपाली राजनीतिमा सशस्त्र युद्धमा होमिएको माओवादीलाई समेत मिलाएर शान्तिको बाटोमा ल्याउनुभएको थियो ।’

प्रधानमन्त्री देउवाले कोइरालाले विराटनगरदेखि राष्ट्रिय राजनीतिसम्म पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रकाशित : असार २१, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?