कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हामीले गरिखान पनि नपाउने ?’

मकर श्रेष्ठ

काठमाडौँ — सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । उनीहरु नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा तिनले उठाइसके । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो भने भाइरल बनेको छ ।

‘हामीले गरिखान पनि नपाउने ?’

नगर प्रमुख बालेन्द्र शाहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को आलोचना भइरहेको छ । यस विषयमा कान्तिपुरले नगर प्रमुख शाहलाई बारम्बार सम्पर्क गर्दा पनि बोल्न चाहेनन् । उनले म्यासेजमा लेखे, ‘भोलि दिउँसो कुरा गरौंला है ।’नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको र नराख्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले उठाएको बताए ।

प्रकाशित : असार १८, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?