कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६

सरकारको प्राथमिकतामा छैन मुलुककै पुरानो होमियोप्याथिक चिकित्सालय

बुनु थारु

ललितपुर — सरकारी स्वामित्वमा रहेको एक मात्र होमियोप्याथिक अस्पताल हो पशुपति होमियोप्याथिक चिकित्सालय । वि.सं. २०१० सालमा पशुपतिको बज्रघरमा स्थापित यस अस्पतालले २०४२ सालदेखि भने ललितपुरको हरिहरभवनमा आफ्नै भवनबाट सेवा दिँदै आइरहेको छ ।पिनास, श्वासप्रश्वास, दम, छाला, पेट, पत्थरी, हाडजोर्नी, बाथ, उच्च रक्तचाप, कपाल झर्ने समस्या, माइग्रेन, पाइल्स, यौन रोग, मानसिक रोग, नाक, कान तथा घाँटी आदिको उपचार सेवा अस्पतालले दिने गरेको छ ।

सरकारको प्राथमिकतामा छैन मुलुककै पुरानो होमियोप्याथिक चिकित्सालय

अस्पतालमा उपचार सेवा तथा औषधि निःशुल्क पाइन्छ । प्राकृतिक सिद्धान्तमा आधारित चिकित्सा प्रणाली भएकाले पनि जनमानसमा होमियोप्याथीको आकर्षण बढ्दो छ । ओपीडीमा दैनिक २०० देखि ३०० जनासम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रेमनारायण श्रीवास्तव बताउँछन् ।स्थापनाको ७ दशक पुग्दा पनि अस्पतालको सेवा विस्तारमा कुनै काम भएको देखिँदैन ।६ शय्याको अस्पताल भनिए पनि जनशक्ति अभावले बेड सञ्चालनमा छैनन् । त्यसैगरी प्याथोलोजी सेवा, फिजियोथेरापी सेवालगायतका सुविधा पनि अस्पतालमा नभएकाले प्रयोगशालाका परीक्षणका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ ।

कर्मचारी दरबन्दी, अस्पतालको सेवामा विस्तार गर्नका लागि पहल गरिरहेको अस्पतालका प्रमुख डा. श्रीवास्तवको भनाइ छ । उनले अस्पतालका शाखा सातै प्रदेशमा खोल्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×