कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सोचेभन्दा राम्रो मत आयो, पाँच वर्षको काम अनुमोदन भयो : दाहाल

चितवन — भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित माओवादी केन्द्रकी रेनु दाहालले सोचेभन्दा राम्रो मत प्राप्त भएको बताएकी छन् । कम्तिमा ३ हजार र बढीमा ७ हजारको मतान्तरले विजयी हुने सोचेकोमा त्योभन्दा बढी मत दिएर जनताले विगत ५ वर्षको काम अनुमोदन गरेको दाहालको भनाइ थियो ।

सोचेभन्दा राम्रो मत आयो, पाँच वर्षको काम अनुमोदन भयो : दाहाल

भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै दाहालले भनिन्, 'जनताप्रति उत्तरदायी भएर काम गरेका थियौं । ३ देखि ७ हजारसम्मको मतान्तरले जितिन्छ होला भन्ने लागेको थियो ।'

दाहालले पहिलो पाँच वर्षमा गरेका कामको जनताले अनुमोदन गरेको पनि बताइन् । स्थानीय चुनावको केन्द्रमा र प्रतिपक्षको निशानामा हुँदा पनि जनताले काम हेरेको उनको भनाइ थियो । 'देशभरीको ध्यान भरतपुरमा थियो । सत्तापक्ष, विपक्ष सबैको ध्यान भरतपुरमा थियो । विपक्षीहरूको निशाना पनि थियो । जसरी पनि गठबन्धनको उम्मेदवारलाई हराउ भन्ने थियो,' उनले भनिन्, 'जनताले विगत पाँच वर्षको कामको अनुमोदन गरिदिनुभएको छ ।'

प्रकाशित : जेष्ठ ११, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?