कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता परिचयपत्र वितरण गर्न सुरु

काठमाडौँ — निर्वाचन आयोगले आगामी शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई बुधबारबाट मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । मतदाताहरू आफ्नो परिचयपत्र लिनका लागि मतदान स्थलमा लामबद्ध भएका बसिरहेका देखिन्थे । आसन्न निर्वाचनका लागि मतदान स्थलहरु धमाधम निर्माण गरिँदै छन् ।

मतदाता परिचयपत्र वितरण गर्न सुरु

मतदान स्थलमा ४० देखि ४५ को हाराहारीमा निर्वाचन आयोगका कर्मचारी , नेपाल प्रहरीसँगै म्यादी प्रहरी र नेपाल स्काउटका स्वयंसेवकहरु खटिएका छन् । निर्वाचनको समयमा वृद्ध र अशक्त व्यक्तिहरुका लागि चाँडै मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन आउँदा मतदातालाई आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य ल्याउन भनेको छ । मतदाताको विवरण निर्वाचन आयोगको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । तर, मतदान स्थलमा खटिएका कर्मचारीहरू पुरानै शैलीमा अक्षर बाट मतदाताको नाम खोज्ने प्रक्रिया अलि झनझनटिलो भएको बताउँछन् । यसले समय लिने उनीहरुले बताए । निर्वाचनमा खर्च हुने थोरै बजेट डिजिटल प्रविधीको प्रयोगका लागि पनि खर्च गर्न सके सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने बुझाई नागरिक र कर्मचारीहरुको रहेको छ ।

प्रकाशित : वैशाख २८, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?