कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

घरेलु तथा साना उद्योगको दीगो विकासले आर्थिक समृद्धि : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

पर्सा — प्रधानमन्त्री शेरबहादुर देउवाले घरेलु तथा साना उद्योगको दीगो विकासले मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

घरेलु तथा साना उद्योगको दीगो विकासले आर्थिक समृद्धि : प्रधानमन्त्री देउवा

‘घरेलु तथा साना उद्योग मुलुकको मेरुदण्ड भएकाले यो क्षेत्रको दीगो विकासले मात्रै मुलुकको आर्थिक समृद्धि हुनु आवश्यक छ,’ वीरगन्जमा बिहीबारदेखि सुरु भएको नेपाल घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘यो क्षेत्रको विकासबिना देशमा आर्थिक र सामाजिक रुपान्तरण सम्भव छैन, यो क्षेत्रको विकास लागि संघ सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री देउवाले यो क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधन गर्न सरकार तयार रहेको पनि उनले बताए । घरेलु तथा साना उद्योगहरुलाई प्रोत्साहित गर्न सकिए स्वदेशी वस्तुको निर्यात गरेर बढ्दो व्यपार घाटालाई न्युनीकरण गर्न सकिने बताउँदै उनले भने, ‘केही समस्या छन् भने सरकारलाई सुझाव दिनुस्, आगामी बजेटमा सरकारले त्यसलाई समेटेर सम्बोधन गर्नेछ ।’

देउवाले सरकार महिला उद्यमशीलता बढाउन हरसम्भव प्रयासरत रहेको बताए । उनले महिलाहरु स्वरोजगार भए घरपरिवार मात्रै होइन त्यसले मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने बताए । कोभिड महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रमण ल्याइरहेको पनि उनले बताए ।

समारोहलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशी वस्तु उत्पादन गर्ने घरेलु तथा साना उद्योगहरुलाई सरकारले प्रोत्साहित गर्नु पर्ने बताए ।

प्रकाशित : फाल्गुन २६, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×