कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीहरूको माग

सेना, प्रहरी, सशस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरे : थानकोट डिपो
कान्तिपुर संवाददाता

काठमाडौँ — इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले  देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीहरूको माग

‘बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्पहरुले तेल उठाएका छैनन । अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन,’ थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले भने, ‘निजी पम्पहरुको ट्याङकर आएपनि इन्धन लोड गरेका छैनन् । व्यवसायीहरुले देशभर तेल उठाएका छैनन् ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी नभएको पुष्टि गरे । ‘बिक्रेता कमिसनको क्यालकुलेसन मिलेको छैन, उहाँहरुले मिलाउदै हुनुहुन्छ । त्यही भएर इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी भएको छैन,’ उनले भने ।

पूरा पढ्न : कमिसन नबढाएको झोकमा पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

प्रकाशित : फाल्गुन २०, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×