कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीको ज्वरो जलवायु परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — जलवायु परिवर्तन शक्तिरास्ट्रहरुको बुद्धिबिलास होइन । नेपाल जस्ता हिमाली र बिपन्न देश्को मुद्दा  हो ।  यो सुदुर भबिस्यको दुस्वप्न  पनि होइन सन्निकट विपत्ति हो । औद्योगिक क्रान्तिको रापले उकुसमुकुस भएको वायुमण्डलभित्र पृथ्वी आफै तातिएको छ, राप र तापले पृथ्वीलाइ ज्वरो आएको छ र यो हरक्षण बढ्दै छ ।

पृथ्वीको ज्वरो जलवायु परिवर्तन

सुन्दर घर पृथ्वी जलनले थलिएमा हाम्रो भविष्य के होला ? त्यसैले मानव सभ्यताकै लागि यो सर्वाधिक गम्भीर मुद्दा हो। पृथ्वी र जलवायु परिवर्तनबारे अमेरिकी खगोल शास्त्री काल सेगनको भनाइ छ, 'एक पटक फेरि त्यो कण (पृथ्वी) मा हेर त त्यो यही ठाउँ हो, जहाँ तिमी छौ। त्यही तिमीले चिनेकाहरु,सुनेकाहरु, प्रेम गरेकाहरु अनि अस्तित्वमा आएका मानव र सबै-सबै जीव छन् ।´ सेगनले भनेजस्तै पृथ्वीलाई गरिने प्रेम देश, समाज, परिवार र त्यसका हरेक सदस्यप्रतिको जिम्मेवारीसगै जवाफदेहिता पनि हो। औद्योगिक क्रान्तिसँगै पृथ्वीमा हरितगृह ग्यास बाक्लिदै जाँदा परावर्तित ताप वायुमण्डलबाट बाहिरिन पाएको छैन । जसका कारण पृथ्वीको तापक्रम क्रमशः बढ्दै गएको छ । फलस्वरूप वर्षाको चरित्रमा परिवर्तन आएको छ र जलस्रोत, कृषि, वन, पर्यटन र रोजगारीसमेत प्रभावित भएको छ। बढ्दो तापमानले हिमाली क्षेत्रमा हिउँ पालने वर मात्रै बढाएको छैन, हिमताल बन्ने र फुट्ने जोखिम पनि बढाएको छ। जसबाट तल्लो तटीय क्षेत्रमा बाढी आउने र भौतिक संरचनाहरुमा ठूलो क्षति हुने खतरा पनि छन् । महासन्धिमा बुझेर वा नबुझि हस्ताक्षर गर्ने तर त्यसका कथ्य र तथ्यमा गम्भीर नहुने हाम्रो दीर्घरोग हो । जलवायु परिवर्तनमा पनि ठ्याक्कै यही समस्या छ । जसको मूल्य हाम्रो हुर्कदै गरेको पुस्ताले नै चुकाउनुपर्ने देखिन्छ, त्यो पनि अथाह मूल्यमा । सिंगो पृथ्वीप्रति र हाम्रोजस्तो हिमाली मुलुकप्रति शक्तिराष्ट्रको जवाफदेहिता के हो ? राज्य, समाज र हाम्रो जिम्मेवारी के हो ?

प्रकाशित : फाल्गुन ७, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?