कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोरबिजोर प्रणालीबारे के भन्छन् सर्वसाधारण ?

काठमाडौँ — नेपाल सरकारले फैलिँदो कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनलाई मध्यनजर गर्दै गत शुक्रबार मध्यरातदेखि सडकमा चल्ने सवारीसाधनका लागि जोरबिजोर प्रणाली लागू गर्‍यो । उता सर्वसाधारणहरू भने जोरबिजोर प्रणालीले आफूहरू मारमा परेको बताउँछन् । यो प्रणाली लागू भएपछि सडकमा सार्वजनिक सवारीसाधनहरू कम मात्रामा गुडेको र यस्ता सवारीसाधनमा निकै भिडभाड हुने भएकाले पनि रोग फैलन सक्ने उनीहरूको बुझाइ छ । सवारी साधन थोरै र मान्छे धेरै हुँदा संक्रमण झनै फैलनेबारे सरकारले नसोचेको उनीहरू बताउँछन् । ‘बरु सबै यातायातहरू चल्न दिए यतिको भिडभाड हुने थिएन‚’ एक सर्वसाधारणले भने ।

जोरबिजोर प्रणालीबारे के भन्छन् सर्वसाधारण ?

जोरबिजोर प्रणाली लागू गरेर सरकारले नै कोरोना संक्रमण फैलाउन सहयोग गरिरहेको जस्तो देखिएको उनले बताए ।

यो प्रणालीले एक दिन काम गर्ने र अर्को दिन बिदा बस्ने हुँदा सोचेजस्तो आम्दानी नभएको सवारी चालकहरू गुनासो गर्छन् ।

दिउँसो सिट क्षमता बराबरको यात्रु ओसारपसार गरे पनि अफिस समयमा धेरै नै भिडभाड हुने चालकहरू बताउँछन् ।



प्रकाशित : माघ १३, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?