कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एफए कप जितेपछि टेन हागको भविष्य अनिश्चित

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले शनिबार आफ्नो छिमेकी म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै एफए कप जितेको छ । उपाधिका बाबजुद व्यवस्थापक एरिक टेन हागको भविष्य भने निश्चित छैन ।

एफए कप जितेपछि टेन हागको भविष्य अनिश्चित

फाइनल अगाडिसम्म टेन हाग बर्खास्तीमा पर्ने समाचार आइरहेको थियो । जितपछि उनी स्वंयले आफ्नो भविष्यबारे केही भन्न नसकेको बताए । वेम्ब्लीमा भएको फाइनलमा युनाइटेडले एलेजाड्रो गारन्चो र कोबी माइनुको गोलले अग्रता लिएको थियो ।

सिटीका लागि जेरेमी डुकोले एक गोल फर्काए पनि जित युनाइटेडकै रह्यो । पूरा खेल अवधिमा सिटी अनपेक्षित रूपका फिक्का देखिएको थियो र व्यवस्थापक पेप ग्वार्डिओलाले आफ्नो तर्फबाट रणनीतिक भूल भएको स्वीकारेका छन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?