कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

यू–१२ टेनिस टिममा भारत विजेता

काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय छनोटको रूपमा रहेको एटीएफ यू–१२ टेनिस टिम प्रतियोगितामा भारत च्याम्पियन भएको छ ।  भारतीय खेलाडी ब्वाइज/गर्ल्स दुवैमा विजेता बन्यो ।

यू–१२ टेनिस टिममा भारत विजेता

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–० ले पराजित गर्‍यो । गर्ल्सको फाइनल भिडन्तमा भारतले श्रीलंकामाथि २–० कै जित पायो । ब्वाइज/गर्ल्समा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम टेनिस प्रतियोगिताका लागि छनोट भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबारै भएको गर्ल्सको राउन्ड रोबिन लिगमा नेपालले माल्दिभ्सलाई २–१ ले पन्छाएर सान्त्वना जित निकाल्यो ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले पुरस्कृत गरे । प्रतियोगिताको ब्वाइजमा ७ र गर्ल्समा ५ राष्ट्र सहभागी थिए । नेपालले प्रतियोगिता आयोजना गरेको चौथो पटक हो ।

प्रकाशित : जेष्ठ ११, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?