कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भेट्रान फुटबलमा विकर्ण र सुन्दरको ह्याट्रिक

काठमाडौँ — फ्रिडम ‘ए’ र जोरपाटी तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनल पुगेका छन् ।

भेट्रान फुटबलमा विकर्ण र सुन्दरको ह्याट्रिक

चावहिल खेल मैदानमा विकर्ण श्रेष्ठको ह्याट्रिकमा फ्रिडम ‘ए’ ले सिन्धु भेट्रानलाई ५–२ गोलले पराजित गर्‍यो । सिन्धुका शम्भु श्रेष्ठ र रोम प्रधानले १–१ गोल गरे । जोरपाटीले तकामी भेट्रानलाई ३–० गोलले हरायो । जोरपाटीका रन्जित लामा, राकेश लामा र इन्द्र लामाले १–१ गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा सरस्वतीनगर भेट्रान र सानो गौचरन नाइट किङ क्लब प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

सरस्वतीनगरले जोन टेन–टेनलाई ९–१ ले हरायो । सरस्वतीनगरका सुन्दर नेपालले ५ तथा शशि रिमाल, सुनील सुवेदी, सुदीप केसी र युवराज भुजेलले १–१ गोल गरे । जोनका राज थापाले एक गोल गरे । सानो गौचरनले सजन स्मृति युथ क्लब चावहिललाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि निर्णय सिधै पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?