कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

लिभरपुलका नयाँ प्रशिक्षक स्लट

योर्गन क्लोपले लिभरपुल छाडेपछि ४५ वर्षीय फेयनुर्डका पूर्वप्रशिक्षक स्लटले अवसर पाएका हुन्

काठमाडौँ — फेयनुर्डका पूर्व प्रशिक्षक अर्ने स्लटले अबको नयाँ सिजन लिभरपुल सम्हाल्ने छन् । सोमबार यो तय भएको छ । उनी निकै संयमित त्यस्ता व्यवस्थापक मानिन्छ, जसले कोही पनि खेलाडीबाट उत्कृष्ट सफलता निकाल्न मदत गर्छ । अनि खेलाडीबाट आफ्नो काममा धेरैभन्दा धेरै अपेक्षा गर्छ । 

लिभरपुलका नयाँ प्रशिक्षक स्लट

खासमा उनी म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाका प्रशंसक हुन् । अब उनकै खास प्रतिद्वन्द्वी क्लब लिभरपुल जाँदै छन् । योर्गन क्लोपले लिभरपुल छाडेपछि ४५ वर्षीय स्लटले यो अवसर पाएका हुन् । खेलाडी छँदा उनी कति धेरै सटिक पास उपलब्ध गराउँथे भने विश्व फुटबलमा एउटा खास विशेष पास नै उनको नाममा छ ।

उनीबारे धेरैलाई धेरै जानकारी नहुन सक्छ । भर्खर १७ वर्षको हुँदा खेलाडीका रूपमा उनी पीईसी ज्वेलेमा आबद्ध भएका थिए । खेलभन्दा पनि उनी दौडिन बढी चिनिन्थे । त्यहीं तयार भएको हो, ‘आर्ने स्लट पास’ । त्यस पासमा फरवार्डले हल्का ‘डिफ्लेक्टस’ गर्दै पास अगाडि बढाउँछन् र जतिबेला प्रतिद्वन्द्वी डिफेन्डरहरू भुक्किने गर्छन् ।

प्रशिक्षकका रूपमा स्लटको नाम अगाडि आएपछि लिभरपुल समर्थकलाई चासो थियो । उनको काम गर्ने शैलीचाहिँ कस्तो छ ? अयाक्सविरुद्ध ऐतिहासिक जित निकालेपछि उनले ड्रेसिङ रूममा आफ्ना खेलाडीलाई जे सुनाए, त्यही नै उनको काम गर्ने शैली मानिन्छ । उनले भनेका थिए, ‘हामीले किन जित्यौं भने निकै मिहिनेत गरेका थियौं । तर यस्तो जितको अर्थ छैन । हामीलाई त लिग नै जित्नु छ ।’

खासमा स्लटप्रति रुचि देखाउन लिभरपुल नै पहिलो क्लब भने थिएन । यसअघि टोटनहमले पनि उनीलाई भित्र्याउन नै चाहेको थियो । जतिबेला सन् २०२३ मा एन्टोनियो कोन्टे प्रशिक्षक हुँदा क्लबमा तनाव र मतभेद मात्रै थियो । टोटनहमले झन्डै उनलाई अनुबन्ध गरिसकेको थियो, तर अन्त्यमा स्लट आफैं टोटनहम जान चाहेनन् ।

यस पछाडिको कारण थियो, उनी फेयनुर्डले आफ्नो नेतृत्वमा च्याम्पियन्स लिग खेलेको हेर्न चाहन्थे । बेलायती मिडियाले त अहिले नै उनलाई ‘डच पेप ग्वार्डिओला’ भन्न थालिसकेको छ । यस्तो किनभन्दा उनी पनि अत्यधिक आक्रामक फुटबलमा विश्वास राख्छन् । उनले केही अन्तर्वार्तामा आफ्ना लागि ग्वार्डिओला नै आदर्श रहेको बताइसकेका छन् ।

अब तिनै स्लटसामु ग्वार्डिओलालाई लगातार पाँचौंपल्ट इंग्लिस प्रिमियर लिग जित्नबाट रोक्ने लक्ष्य रहनेछ । मैदान होस वा बाहिर उनी खुबै खटिएर काम गर्ने खालका छन् । उनी फेयनुर्डको प्रत्येक प्रशिक्षणमा आफैं उपस्थित हुन्थे, आफैं टिम बैठक चलाउँथे अनि प्रतिद्वन्द्वी टिमबाट आफैं खटेर गहन अध्ययन गर्थे ।

उनी आफ्ना खेलाडीलाई हरदम शारीरिक र मानसिक रूपमा उत्कृष्ट लयमा रहन माग गर्थे । त्यसको अर्थ के भने खेलाडीबाट उनी धेरैभन्दा धेरै अपेक्षा गर्छन् । उनी चाहन्छन्, आफ्ना खेलाडीले विपक्षी टिमको भन्दा २० देखि ३० प्रतिशत बढी दौडियोस् र जताततै छाएर खेलोस् पनि ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?