ग्रान्ड मास्टरलाई एनटीएको सम्मान
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले महर्जनलाई सम्मान प्रदान गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![ग्रान्ड मास्टरलाई एनटीएको सम्मान](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/bh1c9c0k-1842024055255-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
नेपाली तेक्वान्दो खेलको प्रवर्द्धन र विकासमा निरन्तर योगदान दिएको कदरस्वरुप ग्रान्ड मास्टर महर्जनलाई सम्मान गरिएको एनटीएले जनाएको छ । करिब तीन दशकदेखि महर्जन अमेरिकामा रहेका छन् ।
ग्रान्डमास्टर महर्जनले आफ्नो जीवननै तेक्वान्दोमा समर्पित भएकाले नेपाली तेक्वान्दो र खेलाडीलाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
दोहोरो आठौं डान प्राप्त महर्जनले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) गराउँदै आएका छन् । आईओएफटीसी र्प्रत्येक दुई वर्षमा विभिन्न देशमा आयोजना हुने गरेको छ ।
यसपालि दक्षिण कोरियाको सोलमा हुने १४ औं आईओएफटीसीमा नेपालका ६ खेलाडी छानिसकेका छन् । उक्त खेलाडी छनोटका लागि आयोजित फ्रेन्डसिप खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि महर्जन नेपाल आएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)