सागर ओलम्पिक छनोटमा चुनौती पेस गर्दै

काठमाडौँ — भारोत्तोलनका खेलाडी सागर भण्डारीले थाइल्यान्डको फुकेटमा हुने आईडब्लूएफ वर्ल्डकप २०२४ मा आफ्नो चुनौती पेस गर्ने भएका छन् । प्रतियोगिता मार्च ३१ मा सुरु भइसकेको छ र यो अप्रिल ११ सम्म चल्नेछ ।

सागर ओलम्पिक छनोटमा चुनौती पेस गर्दै

ओलम्पिक छनोट पनि रहेको यस प्रतियोगितामा सागरले १ सय ९ केजीमाथिको तौल समूहमा खेल्नेछन् । सागरसँगै तीन सदस्यीय टिममा प्रशिक्षक जीवन गौत्तम र व्यवस्थापक रामसुन्दर श्रेष्ठ रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच उनको बिदाइ गरे । त्यस अवसरमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोससँगै अन्य पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित : चैत्र २१, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?