कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपाधिका लागि प्रदीप र रितिक भिड्ने

पुरुष डबलतर्फ आयुष्मान र आशिषको जोडीलाई उपाधि
दीपेन्द्र बडुवाल

बुटवल — रुपन्देहीको बुटवलमा सञ्चालन भइरहेको छैटौँ बुटवल ओपन लन टेनिस तथा दोस्रो मेयर कप अन्तर्गत् पुरुष एकलतर्फ गत वर्षका बिजेता पोखराका प्रदीप खड्का र उपबिजेता रुपन्देहीका रितिक रानाबीच उपाधि भीडन्त पक्का भएको छ । 

उपाधिका लागि प्रदीप र रितिक भिड्ने

देवीनगरस्थित लनटेनिस भिलेजमा शुक्रबार सञ्चालन भएको पहिलो सेमिफाइनल खेलमा खड्काले प्रणव मानन्धरलाई ६–१, ३–६, ६–२ को सेटले पराजित गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन खडकालाई प्रणवले कडा टक्कर दिएका थिए । शुक्रबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा गत वर्षका उपबिजेता रितिकले निशान्त श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटले पाखा लगाएर फाइनलमा प्रवेश गरेका थिए । दुबैबीच शनिबार उपाधिकालागि प्रतिष्पर्धा हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

प्रतियोगितामा शुक्रबार डबल्स र केही एकल सपर्धाका फाइनल खेल पूरा भएका छन् । मध्यान्ह भएको मेन्स डबल्स फाइनलमा स्पर्धामा आयुषमान हजुर घले र आशिष खड्को जोडीले आर्यन गिरी र सक्षम बिक्रम शाहलाई ६–४, ६–२ को सेटमा पराजित गरेर उपाधी जितेका हुन् ।

त्यस्तै ३५ वर्ष भन्दा माथि एकलतर्फ अनिल शाहीले उपाधी हाँसिल गरे । अनिलले सन्तोष खत्रीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका थिए । ३५ वर्षभन्दा माथि डबल्सको उपाधि सिमान्त गुरुङ र अनिल शाहीको जोडीले जितेको छ । उक्त जोडीले फाइनलमा सन्तोष खत्री र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरेको थियो ।

यसैगरि ४५ वर्ष उमेर समुह अन्तर्गत पुरुष एकलतर्फ उपाधि कमल भण्डारीले जितेका छन् । शुक्रबार फाइनलमा सिमान्त गुरुङलाई ६–१, ६–१ को सेटमा पराजित गरेर उपाधि जितेका हुन् । ४५ वर्ष डबल्समा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले फाइनलमा रोहित सुनवार र जोली टार्जेनको जोडीलाई ७—५, ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

५५ वर्ष एकलतर्फ चन्द्र शाहीले उपाधी चुमेका छन् । उनले फाइनलमा राजु श्रेष्ठलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । ६५ प्लस सिगलको उपाधि मनोज राणाले जितेका छन् । उनले फाईनलमा ध्रव गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । प्रतियोगितामा ११ विधामा एक सय खेलाडीले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×