कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धर्म र पुष्पले दिल्लीमा दौडिने

काठमाडौँ — भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार दिल्ली प्रस्थान गरेका छन् ।

धर्म र पुष्पले दिल्लीमा दौडिने

जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व खेलाडी देव महर्जनलगायतले बिदाइ गरे ।

धर्मले एक महिनाको अवधिमा दौड्न लागेको यो तेस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । उनले जनवरी २१ तारिखमा टाटा मुम्बई म्याराथन तथा जनवरी २८ मा सिक्किम म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । दुवै म्याराथनमा उनले आफ्नो विधामा स्वर्ण जितेका थिए । धर्मले मुम्बईमा फुल म्याराथन (४२.१९५ किलोमिटर) तथा सिक्किममा १० किलोमिटर दूरीमा स्वर्ण जितेका हुन् । धर्मसँग विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन, टोकियो म्यारथानलगायत विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाएको अनुभव छ । पुष्पले थाइल्यान्ड म्याराथन र जापानको ओसाकामा भएको १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । बिदाइ कार्यक्रममा धर्मले न्यु दिल्ली म्याराथनमा स्वर्ण जित्दै एक महिना अवधिमा अन्तर्राष्ट्रिय दौडमा स्वर्ण पदकको ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित : फाल्गुन ११, २०८० २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×