कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एसपीए र होलील्यान्ड फाइनल प्रवेश

चित्रांग थापा

धनगढी — श्री कलेज धनगढी कप फुटबल प्रतियोगिताको उपाधिका लागि धनगढीको सुदूरपश्चिम एकेडेमी र कैलाली अत्तरियाको होलील्यान्ड सेकेण्डरी स्कुल बिहीबार फाइनलमा भिडने भएका छन् । 

एसपीए र होलील्यान्ड फाइनल प्रवेश

धनगढी रंगशालामा जारी प्रतियोगिताको बुधबार भएका सेमिफाइनल खेलहरुमा विजयी भएर ती दुई टिम फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा सुदूरपश्चिम एकेडेमीले सैनिक आवासीय विद्यालय तेघरीलाई १-० गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । खेलको दोस्रो हाफमा सुदूरपश्चिम एकेडेमीका आयान मन्सुरीले गोल गरे । मन्सुरी प्लेयर अफ द म्याच घोषित भए ।

बुधबारकै दोस्रो सेमिफाइनल खेलमा अत्तरियाको होलील्यान्ड सेकेण्डरी स्कुलले एलायन्स इन्टरनेसनल स्कुललाई १-० गोलले पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । होलील्यान्डका लागि खेलको पहिलो हाफको १२ औं मिनटमा राजु लामाले गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।

फागुन ६ देखि सुरु भएको दोस्रो संस्करणको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजक संस्था लिटल फ्लावर स्पोर्ट्स इभेन्टका अध्यक्ष रामचन्द्र शाहीले विजयी टिमलाई ५० हजार, उपविजेतालाई २५ हजार पुरस्कार राशि प्रदान गरिने बताए ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार र उदयमान खेलाडीलाई पनि ३ हजार पुरस्कार प्रदान गरिने छ ।


प्रकाशित : फाल्गुन ९, २०८० २३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×