कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अर्किड कपमा गोल्डेन बड विजयी

काठमाडौँ — गोल्डेन बड आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा पुगेको छ ।

अर्किड कपमा गोल्डेन बड विजयी

आयोजक अर्किडको मैदानमा गोल्डेनले मिलन धर्मस्थलीलाई ३–१ गोलले हरायो । गोल्डेनका कुन्जोक लामा, चन्दन थापा र आदित्य थामीले गोल गरे । धर्मस्थलीका रोशन तामाङले एक गोल गरे ।

श्री सञ्जय साई, अक्षरिका, गेटवे र बाल गीताञ्जली पनि क्वाटरफाइनल पुगेका छन् । सञ्जय साईले गणेश हिमाललाई २–० गोलले हरायो । विजेताका पुस्कर खड्काले १ गोल गरे भने अर्को गोल आत्मघाती थियो । अक्षरिकाले एपेक्स लाइफलाई सडनडेथमा हरायो ।

गेटवेले नेक्ससको चुनौती २–१ गोलले हरायो । गेटवेका कृष्ण श्रेष्ठ र रजत बस्नेतले गोल गरे । नेक्ससका सुरज स्याङतानले कएक गोल फर्काए । बाल गीताञ्जलीले श्रमशील विद्या पीठको यात्रा पेनाल्टी शुटआउटमा ५–० गोलले पूर्णविराम लगायो ।

प्रकाशित : फाल्गुन ९, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×