२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भवानी भट्ट

कञ्चनपुर — भारतको लोकसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी र ब्रम्हृदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पहिलो चरणको निर्वाचनका लागि मंगलबारदेखि (वैशाख ४ गते सांझ ५ः १५ वजेदेखि देखि ७  गते ५ः १५ सम्म ) नाका बन्द हुने जनाएको छ । 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

पहिलो चरण अन्तर्गत अप्रिल १९ का दिन उत्तराखण्ड लगायतका क्षेत्रमा निर्वाचन भइरहेको छ । उत्तराखण्डको चम्पावत जिल्ला कञ्चनपुरसंग जोडिएको छ । उक्त क्षेत्रमा ब्रम्हृदेव र गड्चौकी नाका पर्दछन् ।

चम्पावतका डिस्ट्रिक मजिष्ट्रेटले पठाएको पत्र अनुसार तिन दिन एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक आवगमन बन्द रहने प्रशासनले जनाएको छ । लोकसभा निर्वाचन अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा हुनेछ ।








प्रकाशित : वैशाख ३, २०८१ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?