कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगुको डोल्फू गाउँमा दिउँसै लुटपाट 

काठमाडौँ — जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिका—१ डोल्फू गाउँमा शनिबार २३ घरमा दिउँसै लुटपाट भएको छ । लुटपाट गर्नेको पहिचान भएको छैन ।

डोल्फू गाउँका सबैजना यार्सा टिप्न पाटन तिर गएको मौका छोपेर २३ घरमा लुटपाट गरी नगद, सुन, चाँदी, गरगहना, चाँदीका फुरु, काँसाका थाली, तामाका गाग्रा लगायत धनसम्पत्ति लुटेर लगेको मुगुम कार्मारोङ गाउँपाकिाका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी गराए ।

अध्यक्ष लामाका अनुसार डोल्फू गाउँमा रहेका बुढापाकालाई अज्ञात व्यक्तिले हतियार देखाएर तर्साएको र कसैलाई पिटपाट पनि गरेर २३ घरको सम्पत्ति लुटेर लिएका छन । जिल्ला सदरमुकाम गमगढी देखि डोल्फू गाउँ पुग्न ३ दिन लाग्ने र पालिका केन्द्र रहेको पूलु बाट उक्त गाउँ पुग्न २ दिन लाग्ने र सोही डोल्फू गाउँमा मोवाइल नेटवर्क पनि नलाग्ने समस्याले गर्दा लुटपाट भएको खबर ढिलो प्राप्त भएको अध्यक्षले बताए ।

डोल्फू गाउँमा लुटपाट गर्ने व्यक्ति जिल्ला भित्रका नभएर जिल्ला बाहिरका हुन सक्ने आशंका गरिएको छ । कार्मारोङको डोल्फू गाउँमा शनिबार अज्ञात व्यक्तिबाट लुटपाट भएको भन्ने खबर आएर पछि जिल्लाबाट सुरक्षाकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

कति घरमा लुटपाट भयो, कति धनसम्पत्ति चोरी भयो भन्ने विस्तृत विवरण सुरक्षाकर्मी गाउँ पुगेर रिपोर्ट गरेपछि मात्र थाहा हुने उनको भनाइ छ । करिव ५० घरधुरी रहेको डोल्फू गाउँमा पहिलो पटक अज्ञात व्यक्ति गाउँमा पसेर लुटपाट भएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

गाउँले यार्सा टिप्न पाटन तर्फ गएको मौका पारेर गाउँ छिरेर लुटपाट गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी प्रहरी नायब उपरीक्षक र प्रदेश प्रहरी कार्यालयलाई आग्रह गरिएको संघीय सांसद ऐनबहादुर शाहीले बताए ।

प्रकाशित : जेष्ठ १४, २०८१ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×