कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

सल्यान — सल्यानमा बुधबार बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यानको बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको हो । 

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीका अनुसार दुर्घटनामा घाइते भएका सबैको बाग्चौर नगरपालिका–२ थारमारेको जनप्रिय पोलिक्लिनिकमा उपचारका लागि लगिएको छ ।

गम्भीर घाइते भएका ३ जनालाई भने थप उपचारका लागि दाङ लगिएको कार्कीले जानकारी दिए । अनियन्त्रित भई पुलबाट खोलामा खसेर बस दुर्घटना भएको थियो । बसमा २५ जना यात्रु रहेको उनको भनाइ छ ।


प्रकाशित : वैशाख ५, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?