कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

सल्यान — जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोमबार बेलुकी करिब ७ बजेतिर तुलसीपुरबाट कपुरकोट आउँदै गरेको रा १ ज ६०५ नम्बरको बोलेरो डवल क्याप जीप कपुरकोट गाउँपालिका-४ सिमचौर लामीडाँडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार घाइते हुनेमा लमही घर भएकी वर्ष २७ की रीता बिक, तुलसीपुर उपमहानगरपालिकाको बेलुवा घर भएकी वर्ष ३२ की जानुका पुन, त्रिबेणी गाउँपालिका-४ फलाबाङ्गकी वर्ष २३ की संजीता सिरिस, कपुरकोट गाउँपालिका-४ की वर्ष २१ की कल्पना बिक, वर्ष ६५ की देबी बिक, घोराही उपमहानगरपालिका-५ की वर्ष २६ की पुजा घर्ती र उनको सात वर्षीिय छोरा रिजन पुन रहेका छन् ।

घाइते सबैको कपुरकोट गाउँपालिकाको आधारभुत अस्पतालमा उपचार भइरहेको प्रनाउ कार्कीले जानकारी गराए । उनका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबै चैते दशैमा टीका लगाउनका लागि माइत आउँदै गरेका थिए । जीप अनियन्त्रित भएर सडकमै दुर्घटना भएको थियो ।

जीपमा कति यात्रु थिए भनेर खुलेको छ । प्रहरीले चालकलाई भने नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×