कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनगढी — कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/karnali-2532024043204-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही सोमबार होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १७ जनाले नदीमा हाम फालेका थिए ।
पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एकछिन फोटो खिच्छौ भनेर पुलमाथिबाट फटाफट नदीमा हाम फालेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया