कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मनाइयो योगी नरहरिनाथको जन्मोत्सव

तुलाराम पाण्डे

कालिकोट — राष्ट्रगुरु योगी नरहरिनाथको १ सय १० औँ जन्मोत्सव कालीकोटमा मनाइएको छ । यहाँको नरहरिनाथ गाउँपालिकाले नरहरिनाथको व्यक्तित्व, कृतित्व र विद्धतालाई चिनाइ राख्न गाउँपालिकाभर विदा दिएर जन्मोत्सव मनाएको हो । 

मनाइयो योगी नरहरिनाथको जन्मोत्सव

राष्ट्रगुरु नररिहनाथको जन्म दिनको अवसरमा गाउँपालिकाले तलालुको गानेचौरमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरेर जन्मोत्सव मनाइएको गाउापालिकाका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष प्रदिप बोहराले बताए । 'राष्ट्रले मानेको विद्धानको हामीले पनि जन्मोत्सव मनाउने निर्णण गरेका हौँ,' उनले भने, 'योगी नरहिरनाथको योगदानको प्रचारप्रसारका लागि गाउँपालिका कार्यालयसहित ९ वटै वडा कार्यालय, विद्यालय, संघसंस्था सबैले विदा गरे ।'

गाउँपालिकाले यहाँको १५ शैयाको आधारभूत अस्पतालको नाम पनि योगी नरहरिनाथ आधारभूत अस्पताल नामाकरण गरेको छ भने लालु चाखा जिउलोमा उनको शालिक पनि निर्माण गरेको छ । सदरमुकाम मान्म बजारस्थित प्रतिमा चोकको राजा वीरेन्द्रको शालिक माओवादीले फुटाएपछि सर्वदलीय सर्वपक्षीय सहमतिअनुसार उक्त ठाउँलाई योगी नरहरिनाथ चोक नामाकरण गरिएको छ ।

वि.स १९७१ फागुन १७ गते कालीकोटको नरहरिनाथ ८ लालु भडारीवाडामा बुबा ललितसिंह थापा र आमा गौरादेवीको कोखबाट जन्मिएका बलवीरसिंह थापा योग, ध्यान, त्यागपछि योगी नरहरिनाथ बनेका थिए । योगी क्षिप्रानाथले नै नरहरिनाथलाई बनारस, हरिद्धार, खन्ना हुदै मद्रासको विश्वविद्यालयबाट स्नातक अध्ययन गराएका थिए ।

कर्णालीको भाषा, संस्कृत, इतिहाससहित नेपालको इतिहासबारेका अध्येता नरहरिनाथले विश्वका २७ भाषा बोल्न सक्ने विद्धान भएको कर्णाली प्रदेश सभा सदस्य हिक्मतवहादुर विष्टले बताए । उनकाअनुसार योगी नरहरिनाथले ५ सय ७३ पुस्तक लेखेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×