कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पहिरोले कर्णाली राजमार्गको जुम्ला खण्ड बन्द

डीबी बुढा

जुम्ला — कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी-१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो ।

पहिरोले कर्णाली राजमार्गको जुम्ला खण्ड बन्द

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पुर्ण रुपमा बन्द भएको बताए । उनका अनुसार सवारीसाधनहरु रोकिएका छन् ।

आवतजावत पनि ठप्प नै छ । पहिरो पन्छाउन डोजर प्रयोग भएपनि केही समय लाग्न सक्ने देखिएको छ । सवारी साधन आवागमन ठप्प भएपनि यात्रुहरु हिडेर यात्रा गर्न बाध्य छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले पहिरो पन्छाउन मेसिन प्रयोग भइसकेको बताए । उनले भने, ‘पहिरो गएर सडक बन्द भएको खबर ढिलो प्राप्त भयो । खबर पाउने वित्तिकै डोजर लगाएर सडक छिटो खुलाउने प्रयास भइरहेको छ ।’

सुर्खेत र नेपालगञ्ज देखि जुम्ला सदरमुकाम खलंगातिर आउने सवारीसाधनहरु रोकिएका छन् । छिटा सडक खुलाएर यातायात सेवा सञ्चालन गर्न यात्रुहरुले माग गरेका छन् ।

प्रकाशित : फाल्गुन २०, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×