कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा मेची–महाकाली दौड

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मरणमा युवा धावक अमृत बस्नेतले मेची–महाकाली दौड सुरु गरेका छन् ।

भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा मेची–महाकाली दौड

यसअघि चार पटकसम्म खाली खुट्टा दौडिएर गिनिज बुकमा नाम लेखाइसकेका धावक बस्नेत यसपटक पनि खाली खुट्टा मेची–महाकाली दौड गर्दैछन् ।

‘शोकका लागि दौड’ भन्ने नाराका साथ उनले यो दौड सुरु गरेका हुन् । काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक बस्नेतले भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई सहायता र समर्पण गरेर पाँचौँपटक खाली खुट्टा एकल दौड गर्न लागेको बताए । उनको दौडको लम्बाई कुल १ हजार ५० किलोमिटर हुनेछ ।


प्रकाशित : माघ २९, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×