कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भीरबाट लडेर रोल्पामा युवकको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुन खर काट्न घरदेखि करिब ४ सय मिटर उत्तरी क्षेत्रमा पर्ने गोटीबाङतर्फ गएको र त्यस क्रममा भीरको बाटोबाट करिब ३० मिटर मुनि खसेका थिए ।

पत्नी धनकुमारी पुनका अनुसार भीरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो । तर उपचार गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जनाए ।

पुनको उद्धारका लागि सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । सुलिचौरबाट घटनास्थल २० किलोमिटर पूर्वमा पर्छ । पुनको शव पोस्टमार्टमपछि परिवारले बुझिसकेको छ।

प्रकाशित : पुस ३, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?