कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय 

घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय 

मन्त्रिपरिषद्‌ले स्वास्थ्य मन्त्रालयले पेस गरेको अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरिएको छ । त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ ।

४० वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, ज्येष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने पनि निर्णय भएको गृहमन्त्री पाण्डेयले बताए ।


प्रकाशित : कार्तिक १, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?