कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेको छैन ।

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

लक्ष्यको ४९ प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकेकोमा भन्सारले ७६ अर्ब ८९ करोड मात्रै संकलन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा १ खर्ब १५ अर्ब रुपैयाँ असुली भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले यो भन्सार कार्यालयबाट बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको बताए ।

उनले अघिल्लो आर्थिक वर्षमा भएको असुलीको तुलनामा राजस्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको कारणले कम देखिएको बताए । सरकारले २०७९ वैशाखदेखि मंसिर महिनासम्म साना गाडीको आयातमा रोक लगाउँदा त्यसको असर भन्सारमा परेको हुन सक्ने कार्यालयको भनाइ छ । भैरहवा भन्सार कार्यालयमा धेरै राजस्व आउने वस्तु डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयात पनि कम देखिन्छ । त्यसैले पनि संकलनको टार्गेटमा पुग्न नसकिएको कर्मचारी बताउँछन् ।

केही नीतिगत कारण तथा नेपाल राष्ट्र बैंकले केही समय अघि व्यापारिक सामानको आयातमा अनिवार्य एलसी खोल्नु पर्ने प्रावधान ल्याएपछि राजस्व संकलनमा कमी आएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजुले बताए । उक्त नियम झन्झटिलो भएको भन्दै व्यवसायीले आयात कम गर्ने गरेको जनाए ।

प्रकाशित : श्रावण १९, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?