२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

झारफुकको बहानामा यातना दिँदा एक किशोरीको मृत्यु

अमृता अनमोल

बुटवल­ — रुपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा चरम यातना दिँदा एक किशोरीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका-१० झिमझिमे की १४ की सीता ज्ञवालीको शनिबार राति मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सीता ५ दिनदेखि कान दुखेर सिकिस्त भएकी थिइन् । घरेलु उपचारबाट निको नभएपछि परिवारले थप उपचारका लागि भन्दै शनिबार स्थानीय बेमतनीस्थित झाक्री सोनिया रेश्मीकोमा लगेका थिए ।

रेश्मीले बोक्सी लागेको र त्यसलाई हटाउने भन्दै किशोरीलाई पानी खन्याउने र कुट्ने, लतार्नेलगायत चरम यातना दिएकी थिइन् । यातना सहन नसकेर शनिबार राति साढे ९ बजे किशोरीको मृत्यु भएको थियो ।

झाक्री बताउने रश्मीले किशोरीलाई चरम यातना दिँदा केहीले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । मृत्युपछि पनि किशोरीलाई शनिबार राति नै घाटमा लगेर अन्तिम संस्कार गरेका थिए ।

झारफुकको बहानामा झाक्रीको कुटाइबाट मृत्यु भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीले सोमबार अभियुक्त सोनिया रेश्मीलाई पक्राउ गरेको छ । उनलाई ज्यान मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x