कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा

नीति तथा कार्यक्रममा कृषितर्फ 'बरु म गर्छु कृषि : तर कहीं जान्न देश बिर्सी' भन्ने नारालाई आत्मसाथ गर्दै स्वदेशमै कृषिकर्मको लागि प्रोत्साहन गर्ने, उत्पादित कृषिजन्य वस्तुको लागि शित भण्डारण निर्माण, किसानलाई उपलब्ध गराइने मल, सिंचाई सुविधाका लागि किसान कार्ड बनाउने, पशुपालक कृषकलाई सहुलियत प्रदान गर्न कार्यविधि निर्माण गरी सहकारीमार्फत सुलभ भेटेनरी पसल संचालन गर्ने, फलफूल बिरुवाको आपूर्तिका लागि सामुदायिक वनसँग साझेदारी गरी गाउँघर नर्सरी स्थापना गर्ने र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरी तरकारी र फलफूल परीक्षण गर्नेजस्ता कार्यक्रम समेटिएको उनले बताए ।

साथै कृषिमा आत्मनिर्भर बन्न वडा नं ६ लाई दुग्ध पकेट क्षेत्र घोषणा गर्ने र पालिकाको एक उत्पादनलाई विशेष उत्पादनका रुपमा पहिचान गरी मेड इन तिलोत्तमाको अवधारणामा लैजाने र अतिथि सत्कारमा सोही उत्पादन चिनोको रुपमा पस्कने व्यवस्था मिलाइने उनले बताए ।

त्यस्तै, शिक्षातर्फ पालिकामा रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिमा जोड दिँदै नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गर्ने, आगामी शैक्षिक सत्रदेखि नगरपालिकामा महिला विद्यालय संचालन गर्ने, नगरवासीको अध्ययन, अनुसन्धानको संस्कार वृद्धि गर्न सामुदायिक पुस्तकालय स्थापना गर्ने, विज्ञान प्रयोगशाला निर्माण एवं विद्यार्थीको विकासका लागि करियर गाइडेन्स, सृजनशील शुक्रबार कार्यक्रम, च्यालेन्ज फण्ड आदि संचालन गर्ने प्रमुख खाँणले बताए ।

वातानुकुलीत खोप केन्द्र संचालन गरी बाल स्वास्थ्य सेवालाई व्यवस्थित गर्ने, उपमेयरसँग गर्भवती कार्यक्रमलाई थप प्रभावकारी बनाई जिरो होम डेलिभरी पालिका घोषणा गर्ने, आयुर्वेदिक औषधिको सेवनले पनि निरोगी जीवनशैली अपनाउन सकिन्छ भन्ने उद्देश्यले निरोगी नगर कार्यक्रमअन्तर्गत, योग, ध्यान, नागरिक आरोग्या, भान्सा सुधार कार्यक्रम चलाइने उनले जनाए ।

लैंगिकमैत्रि पालिका घोषणा गरी दिगोपनका लागि सुचकमा आधारित रहेर विभिन्न कार्यक्रम संचालन गर्ने, युवामैत्री शासनका सुचक पूरा गर्दै यस वर्ष पालिकालाई युवामैत्री पालिका घोषणा गर्ने विषय प्राथमिकतामा राख्दै पालिकामा रक्तसंचार केन्द्र स्थापना, मुख्य चोकमा पार्किङ स्टेसन निर्माण, तिलोत्तमा लगानी सम्मेलनमा प्रस्ताव भएको ट्राम रे, यूएचटी दुग्ध प्रशोधन केन्द्र निर्माणमा समेत लगानी गरिने कार्यक्रममा समेटिएको छ ।

हरियाली नगरलाई कायम राख्न हरेक वडामा एक पार्क बनाउने, जोखमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गरिने, सिक्स लेन सडकलाई केन्द्रिकृत गरी तिलोत्तमा हाइवे एम्बुलेन्स संचालन गर्ने, महिलालाई डिजिटल मार्केटिङसम्बन्धी तालिम प्रदान गरिने, भ्रष्टाचारजन्य क्रियाकलापप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन पालिका सतर्क रहने, एक वडा एक किलोमिटर कालोपत्रे सडकलाई निरन्तरता दिई नागरिकलाई सरकार साथै भएको अनुभूति गराउने, पालिकाले प्रदान गर्ने सेवा व्यवस्थित गराउनका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने, रोजगार तथा अन्य सिलसिलामा विदेश भएका छोराछोरी आउन समय लाग्ने भएकाले बुवाआमाको मृत्यु हुँदा छोराछोरी पर्खनु पर्ने भएकाले सो का लागि शव चिस्यान सेवा सुरक्षित प्लान्ट बनाउने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित : असार ५, २०८१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×