२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

पोखरा — प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको व्यापक सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले गरेको अध्ययनले उक्त तथ्य देखाएको हो । 

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

विश्वविद्यालयले गरेको अनुसन्धानमा प्राविधिक शिक्षालय र निर्माण क्षेत्रका रोजगारदाताबीच समन्वयको अभाव, सिपयुक्त तालिम र प्राविधिक शिक्षामा युवाको पहुँच तथा रोजगारीसँगको कमजोर सम्बन्ध र स्थानीय तहले औपचारिक टीभेट क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको पाइएको छ ।

पोखरामा शनिबार एक कार्यक्रमकाबीच उक्त अनुसन्धान प्रस्तुत गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक महेशनाथ पराजुलीले टीभेट शब्दको मर्म अनुसार सरकारबाट काम हुन नसकेको बताए । सामाजिक, आर्थिक रुपान्तरणको प्रमुख माध्यम टीभेट भए पनि यो क्षेत्रमा सरकारको प्राथमिकता कम परेको उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश लोक सेवा आयोगकी सदस्य कल्पना लम्सालले भने मध्यम वर्गका सिप युक्त जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले ध्यान दिएको बताइन् । यसका लागि गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले अनुगनम र मूल्यांकनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राध्यापक नवराज देवकोटाले व्यवस्थापन शिक्षाको अभावमा टीभेट क्षेत्र कमजोर रहेको विचार राखे । श्रम बजारको माग अनुरुपको तालिम हुन नसकेकै कारण टीभेट क्षेत्र कमजोर रहेको उनको तर्क थियो । काठमाडौं विश्वविद्यालय अन्तर्गतको लेलम (लिंकिङ एजुकेसन विथ लेवर मार्केट) परियोजनाबाट गरिएका अनुसन्धानहरुको छलफलमा केन्द्रित थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?