कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गोरखामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा — मोटरसाइकल दुर्घटनामा सिरानचोक गाउँपालिका–६ नयाँसाँघुका २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ ।

गोरखामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

शनिबार राति बाह्रकिलो–बारपाक सडकखण्डअन्तर्गत भालुस्वाँरामा बा ९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार थापा घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा गोरखा अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात मोटरसाइकल चालक गोरखा नगरपालिका–३ का राजेश परियार भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले बताए ।

मोटरसाइकल प्रहरी चौकी नयाँसाँघुको नियन्त्रणमा रहेको पनि उनले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २०, २०८० १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×