कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गण्डकीको ६६ हजार हेक्टर जमिनमा सिँचाइ

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशको कुल क्षेत्रफल २१ हजार ७ सय ३३ वर्ग किलोमिटर छ । जसमध्ये ६६ हजार ४ सय ५७ हेक्टर जमिन सिँचित भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजानिक गरेको ६ वर्षे पुस्तकका अनुसार उक्त क्षेत्रफलमा भरपर्दो सिँचाइ सुविधा पुगेको उल्लेख गरिएको छ । 

गण्डकीको ६६ हजार हेक्टर जमिनमा सिँचाइ

आर्थिक वर्ष २०८०/८१ मा नयाँ आयोजनाको विकास तथा मौजुदा सिँचाइ प्रणालीको पुन:स्थापना तथा सुधार, कृषक कुलो सुधार र स्तरोन्नतिबाट जम्मा ९६ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । प्रदेश सरकारको सिँचाइ सुविधा विस्तार गर्ने नीतिअन्तर्गत स्याङ्जाको चापाकोट टार, तनहुँको अत्रौलीपुट्टार, पर्वतको फलेवास र लमजुङको रम्घाटार सिँचाइलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

यी सिँचाइ प्रणाली एवं सतह सिँचाइ, नयाँ प्रविधिमा आधारित र भूमिगत स्यालो तथा डिप ट्युबवेल आयोजना कार्यान्वयनबाट जम्मा ४ हजार ६१ हेक्टर जमिनमा नयाँ कमान्ड क्षेत्र विस्तार गरिएको उक्त पुस्तकमा उल्लेख छ । कृषक कुलो स्तरोन्नति तथा पुनस्र्थापना सुधारबाट १४ हजार ६ सय ५३ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने गरी नवीकरण गरिएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव गणेशराज वस्तीले जानकारी दिए । उनका अनुसार नवलपुरको उल्टीखोलामा नयाँ बाँध निर्माण गरी सिँचाइ योजना सञ्‍चालनमा ल्याइएको छ ।

पोखराको सेती नहर प्रणालीको बाँध पुन:स्थापना कार्य पनि सम्पन्न भएको सचिव वस्तीले बताए । सालबसाली रूपमा नदी नियन्त्रण र तटबन्धका योजना सम्पन्न गरी हालसम्म ९६ किलोमिटर तटबन्ध निर्माण भई बस्ती, बजार, जग्गा, भौतिक र साँस्कृतिक सम्पदाको संरक्षण भएको छ भने, ३ हजार एक सय ८५ हेक्टर जग्गा उकास गरिएको मन्त्रालयको तथ्यांक छ । यसबाट हालसम्म सिँचाइ तथा नदी नियन्त्रणतर्फ १ लाख ४१ हजार ९ सय १७ जना लाभग्राही लाभान्वित भएका छन् ।


प्रकाशित : फाल्गुन २०, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×