२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

लिदी पहिरोपीडित ४१ परिवारले पाए लालपूर्जा

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका- २ लिदी लामाटोलका २ सय ९ पहिरो पीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपूर्जा पाएका छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोकाअनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ४१ परिवारलाई जग्गाधनीपूर्जा दिइएको हो ।

लिदी पहिरोपीडित ४१ परिवारले पाए लालपूर्जा

मंगलबार प्रतिनिधि सभा क्षेत्र १ का सांसद माधव सापकोटाले देउरालीमै पीडित परिवारलाई लालपूर्जा हस्तान्तरण गर्दै आयआर्जनबारे जोड दिन सुझाए ।

संघ ,प्रदेश र स्थानीय सरकारले पीडितको लागि जग्गा किन्न तीन लाख दिने र आवास निर्माण गर्न ५ लाख सुनिश्चित भएको अध्यक्ष स्याङ्बोले बताए । ‘जग्गा दिलाउने काममा संघले ६० ,प्रदेश ३० र गापाले १० प्रतिशत बजेट छुट्याएको छ , अन्य पूर्वाधारको लागि चौतारा साँगाचोकगढी नगरसग समन्वय हुँदैछ'उनले भने । उनकाअनुसार लिदी पहिरोपीडित दुईसय ९ रहेकोमा बासखर्कमा ६८ , चनौटेमा २७ जना आश्रय लिएर बस्दै आएका छन् । ‘अझै यहाँ ७३ लिदी पहिरोपीडित परिवार पालटहरामा बसिरहेका छन् । उनीहरूका लागि आवश्यक पहल भइरहेको छ,’उनले भने ।

०७७ साउन ३० मा माख्लो भिरको ढिस्को खसेर पहिरो जाँदा एकसय ७२ बस्तीका ३० घरमा आंशिक , १३ घर पुरै पुरिए । जिल्ला प्रहरीअनुसार लिदीपहिरोमा ३९ बेपत्तामध्ये आहिलेसम्म २४ जनाको शव फेला परेको थियो । १५ अझै बेपत्ता छन् ।

प्रकाशित : माघ १८, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?