कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लालबकैयाको बाढीमा फसेका किसानलाई सेनाले उद्धार गर्‍यो

शिव पुरी

रौतहट — रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

लालबकैयाको बाढीमा फसेका किसानलाई सेनाले उद्धार गर्‍यो

मंगलबार बिहान नदीपारि खेतमा काम गर्न गएका बेला बाढी आएपछि उनीहरू पारि नै रोकिएका थिए ।

मंगलबार बिहान बाढीको सूचना पाएपछि नेपाली सेनाको पुरेनवास्थित वीरदल गणको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

'लालबकैयामा अचानक बाढी आएपछि नदीको सतह ह्वात्तै बढेको छ । स्थानीय किसान भने बीचमै फसेका थिए । हामीले उद्धार गरेका छौं । उहाँहरू अहिले सुरक्षित स्थानमा हुनुहुन्छ । वर्षामा बाढी आउने हुँदा हाम्रो टोली जिल्लाभर उद्धार गर्न तयारी अवस्था मा छ,' सेनानी प्रकाश कुमार रावलले भने ।

यसैबीच, रौतहटको फतुवाविजयपुर नगरपालिका- ८ बुनियाँद गाउँमा सोमबारदेखि परेको अविरल वर्षाका कारण ५५ घर डुबानमा परेका छन् । बाढीको पानी प्रत्येक घरभित्र पसेर अन्नपात तथा लत्ताकपडा बिग्रिएको स्थानीयहरूले बताएका छन् ।

प्रहरी निरीक्षक अरविन्द कुमार साहको नेतृत्वमा ७ जनाको टोली खटिएर ६५ वर्षीय लालबहादुर चौधरीलाई पानीमा डुब्दै गरेको अवस्थामा स्थानीयहरुको सहयोगमा उद्धार गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

प्रकाशित : श्रावण २३, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?