२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

स्थानीय सावित्रा घिमिरेको घरमा शुक्रबार अपराह्न डढेलो सल्किएर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा अपराह्न करिब ४ बजे नियन्त्रणमा आएको जनाइएको छ ।

ढुंगामाटोले बनेको दुई तले घरमा रहेको सम्पूर्ण सामान आगलागीबाट नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतले जनाएको छ । घटनामा करिब १० लाख बराबरको क्षति पुगेको छ । मानवीय तथा चौपाय भने जोगिएको प्रहरीको भनाइ छ ।

यसैगरी, धनकुटाको सहिदभूमि गाउँपालिका-६ स्थित च्यानडाँडा सामुदायिक वन लागेको डढेलोबाट नजिकै रहेको थलथले बजार जोखिममा रहेको छ । शुक्रबार दिउँसोदेखि लागेको डढेलोले थलथले बजार जोखिमा रहेको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि आँखिसल्ला प्रहरी चौकीबाट खटिएका प्रहरी तथा स्थानीयवासीले अपराह्नसम्म प्रयास गरेका थिए । साँझ डढेलो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

प्रकाशित : वैशाख २१, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?