कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

लडरहिलमा नेपाली दर्शकको ओइरो, वर्षाले खेल रद्द

तस्बिर : हेमन्त श्रेष्ठ

लडरहिल, फ्लोरिडा — वर्षाका कारण नेपाल र श्रीलंकाबीच ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गतको खेल रद्द भएको छ । मंगलबार बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल टसबिना नै रद्द हुन पुगेको हो ।

निर्धारित समयअनुसार साँझको ७.३० बजे खेल सुरु हुने तालिका रहेको थियो । तर बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८.३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो । त्यसपछि नेपाली राष्ट्रिय टोलीले ठूलो संख्यामा उपस्थित दर्शकलाई मैदानको चारैतिर पुगेर अभिवादन गरेका थिए ।


प्रकाशित : जेष्ठ ३०, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्