कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कीर्तिमानी आरोही पूर्णिमालाई काठमाडौंमा स्वागत [तस्बिरहरू]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — एकै सिजनमा तेस्रोपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ काठमाडौं फर्केकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा शुभेच्छुकहरूले स्वागत गरेका छन् ।

उनले शनिबार बिहान ५:५० बजे उनले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सगरमाथा आरोहणका हिसाबले यो उनको चौंथो आरोहण हो भने यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन् । उनले यसअघि यही सिजनको मे १२ दोश्रोपटक र मे १९ मा तेश्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।


प्रकाशित : जेष्ठ १४, २०८१ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्