तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

लघुवित्तपीडितहरूद्वारा काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

लुघवित्तहरूले शोषण गरेको भन्दै पीडितहरुले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । काठमाडौं बाहिरबाट आएका पीडितहरुले बुधबार जुलुसप्रदर्शनसहित भाटभटेनी क्षेत्रमा सभा गरेका छन् । काठमाडौं बाहिरबाट हिँडेर समेत आएका पीडितहरुले सिफल क्षेत्रमा बसेका छन् । उनीहरु त्यहाँबाट हिँडेर बुधबार राष्ट्र बैंक घेराउ गर्न बालुवाटार जाने कार्यक्रम थियो ।

उमालाई 'खाम्सा' उपहार [तस्बिरहरू]

सिन्धुलीको कमलामाई नगरपालिका–५ दमारकी उमा सुवेदीले होलिस्टाइन जातको गाईको बाच्छो 'खाम्सा' उपहार पाएकी छन् ।उनलाई नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा 'खाम्सा' उपहार हस्तान्तरण गरे ।

ढकमक्क ज्याकारान्डा

हरेक वर्ष यसै समयमा फुल्ने ज्याकारान्डाले काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'ज्याकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'ज्याकारान्डा' भन्ने गर्छन् ।

मिटरब्याजपीडितको प्रदर्शनमा प्रहरी धरपकड

लामो समयदेखि आन्दोलनमा रहेका मिटरब्याजपीडितहरू र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा बस्दै आएका पीडितहरूले सोमबार निकालेको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको हो । मधेसका विभिन्न स्थानबाट भेला भएर तीन सातादेखि उनीहरू शान्तिवाटिकामा बस्दै आएका छन् । सोमबार भने उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्ने योजनामा थिए । तर प्रहरीले बल प्रयोग गरी र्‍यालीलाई रोकेपछि झडप भएको पीडितहरूले बताएका छन् ।

‘त्रिभुवन विश्वविद्यालय खुला छ’ [तस्बिरहरू]

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले 'त्रिवि बचाउ' संघर्षका कार्यक्रम गरिरहेको छ । यस क्रममा क्रान्तिकारीका विद्यार्थीहरूले ‘त्रिवि खुला छ, सधैँ खुला रहन्छ, तालाबन्दी मान्दैनौं’भन्दे सन्देश लेखिएको ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

देउवाविरुद्ध सानेपामा प्रदर्शन [तस्बिरहरू]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन् ।