कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

उभौलीको उमंग

तस्बिर : दीपक केसी

काठमाडौँ — प्रकृति पूजक किरात राई समुदायको सांस्कृतिक चाड उभौली बिहीबार मनाइदैछ । सो अवसरमा मौलिक पहिरनमा सजिएर सहभागी भएका युवायुतीहरुले झ्याम्टा र ढोलको तालसंगै साकेला शिली नाचिरहेका छन् । ललितपुरको हात्तीवन, नखिपोट क्षेत्रमा पनि किरातीहरुले उभौली पर्व मनाएका छन् ।

काठमाडौंसहित किरात राई समुदायको बाहुल्य बसोबास रहेका क्षेत्रमा धुमधामसाथ उभौली मनाइदैछ । परम्परागत भेषभुसामा सजिएर उनीहरु साकेला सिलीमा रमाइरहेका छन् । यो पर्वमा किरातीहरुले पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति, सुस्वास्थ्य रहोस् र विपद्‍ नआओस् भनेर पूजा गर्ने गर्दछन् । यस अवसरमा साकेला शिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर सकेला नाच्ने गरिन्छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्